Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक

‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक


काठमाडौँ । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एक्सन दृश्यले भरिएको देख्न सकिन्छ ।

फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलर दर्शकलाई नयाँ सरप्राइज दिलाएको छ । साथै, फिल्मप्रति अपेक्षा चुल्याउन सक्ने र बक्स अफिसमा दर्शकलाई तान्न सक्ने पावर ट्रेलरले देखाएको छ ।

ट्रेलर हेर्दा एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को पार्टमा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दुवैको एक्सन छरितो र बुलन्द देखिन्छ । ट्रेलरमा मानसिक सन्तुलन गुमेको चरित्रमा सौगात सशक्त देखिएका छन् । अभिनेता प्रमोद अग्रहरीको चरित्रचित्रण पनि ट्रेलरमा प्रभावशाली रहेको छ ।

एक्सन कोरियोग्राफी सशक्त देखिएको छ । ट्रेलरको बलियो पक्ष भनेको ब्याकग्राउन्ड म्यूजिक रहेको छ ।
फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिजसँगै थप हाइप पाउने देखिएको छ । यो फिल्म बक्स अफिसमा सफल भएको खण्डमा नेपाली फिल्म क्षेत्रलाई नयाँ कथामा लैजाने विश्वास गरिएको छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्ममा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । यस्तै फिल्ममा सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर रहेको छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको हो । यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ । यसलाई अन्तर्राष्ट्रिय वितरण सेभेन सिजले गर्दैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति

‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्ल

इटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा,

Techie IT