Techie IT
२०८१ चैत्र १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका

चलचित्र ‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका


काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । चलचित्रको गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरी उत्कृष्ट फिचरसहितको ‘युमिडिजी’ स्मार्टफोन प्राप्त गर्ने चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।

प्रतिस्पर्धामा सहभागी हुने मध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने भिडियो बनाउने दुई जनाले सो स्मार्टफोन जित्नेछन् । योग्य प्रतिस्पर्धी हुन आफ्नो भिडियो पोस्ट गर्दा आफ्नै सोसल मिडिया प्रोफाइल हुनुपर्ने, पोस्टमा ह्यासट्याग दिई #Rangeli #rangelimovie #rangelifalgun25 लेखी रङ्गेली चलचित्रको फेसबुक वा इन्स्टाग्राम प्रोफाइल मेन्सन गर्नुपर्नेछ । भिडियो यही माघ २७ गतेसम्ममा पोस्ट गरिसक्नुपर्नेछ । ‘रङ्गेली’को ट्रेलर रिलिज समारोहमा कलाकारहरूको हातबाट विजेतालाई स्मार्टफोन प्रदान गरिने खतिवडाले बताए ।

गत साता रिलिज गरिएको सो गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।

यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । ‘रङ्गेली’मा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT