Techie IT
२०८१ माघ ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रमोद खरेलको स्वरमा ‘मनमा पर्‍यो चोट’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘मनमा पर्‍यो चोट’ सार्वजनिक


काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा ‘मनमा पर्‍यो चोट’ बोलको गीत सार्वजनिक भएको छ । गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा रोहित देउवाले संगीत भरेका छन् ।

विषम आचार्यको एरेञ्ज गरेको गीतलाई सजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

सार्वजनिक गीतको भिडिओमा चर्चित मोडल उषा उप्रेतीसहित एलपी शर्मा र भद्र जंग कुँवर फिचर्ड छन्। भिडिओमा दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको पनि अभिनय देख्न सकिन्छ ।

गौरभ गिरी निर्देशित गीतको भिडिओमा स्वार्थकेन्द्रीत प्रेम र त्यसले व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई कथालाई समेटेको छ ।

कालिञ्चोक आसपासका रमणीय दृश्यलाई बसन्त कुँवरले खिचेको भिडिओलाई बलभद्र कुँवरले सम्पादन गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT