Techie IT
२०८१ चैत्र १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘अगस्त्य च्याप्टर १’ को टिजर सार्वजनिक

फिल्म ‘अगस्त्य च्याप्टर १’ को टिजर सार्वजनिक


काठमाडौँ । आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो ।

एक्सन प्रधान दुई मिनेटको टिजरमा सौगातलाई प्रेमीदेखि ग्याङस्टार हुँदै सडकमा पुगेको अवस्थासम्म देखाइएको छ ।

सौरभ चौधरी निर्देशित फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ । फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी छ ।

फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीले टिजर बनाउन मिहिनेत गरेका छन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्मको टिजरलाई पूर्ण रुपमा व्यावसायिक शैलीमा तयार पारिएको छ ।

टिजरमा मुख्य कलाकारद्वय सौगात र नाजिरलाई एक्सन अवतारमा देख्न सकिन्छ । साथमा, सौगातको मानसिक सन्तुलन गुमाएको अवतारले पनि दर्शकको मन जित्ने पक्का छ ।

यो फिल्मलाई साउथ फिल्मको शैलीमा तयार पारिएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर पनि गज्जब छ । संजय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, एस डी योगीको संगीत छ ।

फिल्मले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको टिजरबाट अनुमान गर्न सकिन्छ । तर, टिजरले फिल्मको कथालाई रहस्यमै राखेको छ । यसकाकारण, दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन टिजर सफल छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT