Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशीतल कादम्बिनीलाई गीतकार सम्मान

शीतल कादम्बिनीलाई गीतकार सम्मान


पोखरा । गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।

गीतकार तीर्थ श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले उनलाई सम्मान गरे । सम्मानित स्रष्टाको परिचय सहसचिव रुपिन्द्र प्रभावीले दिएका थिए । गीतकार सङ्घ, नेपालकी सचिवसमेत रहेकी उनले गीत र गीतकारको हितका लागि जुनसुकै संस्था भए पनि मिलेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखिन् ।

गीतकार तीर्थ श्रेष्ठले गायक र सङ्गीतकारले मात्र गीतको श्रेय लिने परम्पराप्रति असन्तुष्टि जनाउँदै गीतकार आमा भएकाले बिर्सन नहुने धारणा राखे । उनले गीत गाउँदा मात्र गीत हुने नभई गीत लेखन र वाचन गर्दा पनि गीत रहने बताए ।

कहाँ थियौ तिमी, झुमा झुम्कावाली, लगायत चर्चित गीतका रचनाकार कादम्बिनी गजलकारका रूपमा समेत चर्चित छिन् । उनले नेपाली गीतरगजलका क्षेत्रमा पुर्‍याएकी योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको सचिव अनुराग अधिकारीले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको साधारण सभामा लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, गण्डकीका अध्यक्ष राजन कार्की, र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमु, अनेसासकी गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा न्यौपानेलगायतले शुभकामना दिएका थिए ।

यसै बिच, दोस्रो अधिवेशनबाट शीतल गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा अनुराग अधिकारी, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष लाल कार्की ‘अञ्जान’, सहसचिवमा बिर्सना बस्नेत तथा सदस्यहरूमा सावित्री गिरी, जीवनमित्र पण्डित, राजाराम पौडेल, रेशम रचक, हरिमाया पराजुली र आदर्श पोखरेल सर्वसम्मत चयन भएका छन् । नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष डिल्लीराम अर्यालको संयोजकत्वमा विक्रम पौडेल र पुष्पराज पौडेल सदस्य रहेको निर्वाचन मण्डलले कार्यसमिति घोषणा गरेको थियो । नवगठित कार्यसमितिका पदाधिकारीलाई लोकगायिका हरिदेवी कोइरालाले शुभकामना दिइन् । प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष गिरीले प्रतिष्ठानका गतिविधिलाई थप उचाइमा पुर्‍याउन नयाँ योजनाहरू अघि बढाइने जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT