Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘गाउँ नै रमाइलो’मा मिरुना र बुद्धि अनुबन्धित

‘गाउँ नै रमाइलो’मा मिरुना र बुद्धि अनुबन्धित


काठमाडौँ । हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी सम्झौता भएको जानकारी दिएका छन् ।

यसअघि यो फिल्ममा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भइसकेका छन् । फिल्ममा मिरुना कसको जोडीको रूपमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन ।

यस्तै, फिल्ममा बुद्धि तामाङको पनि प्रवेश भएको छ । फिल्ममा अब अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिएका छन् ।

यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् । दिनेशले फिल्म ‘पुजार सार्की’पछि यो फिल्मको निर्देशन थाल्नेछन् ।

फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । क्लक वार्क क्रिएशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ ।

निर्माता कडरियाले बनाएको फिल्म ‘नाङ्गो गाउँ’ यो वर्षको हिट फिल्म हो । उनले फिल्म ‘नाङ्गो गाउँ २ र दुःखी आत्मा’ निर्माणको पनि घोषणा गरिसकेका छन् ।

फिल्म ‘गाउँ नै रमाइलो’लाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम

काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज

Techie IT