Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन

कवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन


काठमाडौँ। साहित्यकार जगदीश्वर पोखरेलले आफ्ना १५ वटा साहित्यिक कृति एकसाथ पाठकमाझ ल्याएका छन्। उनले ल्याएका यी सबै काव्यकृतिहरु हुन्।

यस अघि तीन वटा कविता सँग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवम् गीति पुस्तक लोकार्पण गरे।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भाषाविज्ञ प्रा.डा. माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देललगायतले पर्दा हटाएर १५ वटा कृतिको एकसाथ बिमोचन गरेका हुन्।

यसरी एकसाथ बिमोचन गरिएका पोखरेलका १५ वटा काब्य कृतिहरुमा शार्दूललालित्य, शब्दांश, शब्दतरंग, शब्दस्पर्श, अक्षराङ्कुर, भावमञ्जरी, सुन्दर देश नेपाल, सारंगीको धुन, पद्मकुञ्ज, पद्यहार, पद्यमालती, पद्यमाला, पद्यपल्लव, पद्यमञ्जली र पाउँदीका गीत रहेका छन्। ढेड दशक यता तयारी गरिएको फरक फरक छन्द कविताहरु यी कृतिमा समावेश गरिएको छ।

बिमोचन समारोहमा कवि पोखरेलको बारेमा साहित्यकार बलराम दाहालले प्रकाश पार्दै कलिलो उमेरमा विभिन्न समस्याले थिचिए पनि अबकाश प्राप्त उमेरलाई पूर्ण सदुपयोग गर्दै उत्कृष्ट काव्यकृति ल्याउन जगदीश्वर सफल भएको बताए।

बिमोचन समारोहमा जगदीश्वरका १५ कृतिहरुको बारे प्राज्ञ नरनाथ लुईटेल, प्रा. डा. जीवन अधिकारी, हरि खनाल, र पुरुषोत्तम सिग्देलले समीक्षा गर्दै हरेक कृतिको विशेषताबारे पनि प्रकाश पारे।

कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्रा. डा. माधवराज पोखरेलले कार्यक्रममा बोल्दै कवि जगदीश्वर पोखरेलले एकसाथ १५ वटा कविता सँग्रह सार्वजनिक गरेर छन्द कवितामा क्रान्ती नै ल्याएको बताए।

कवि भुवनहरि सिग्देलले जगदीश्वरका हरेक कविता राम्रा भएको बताए। उनको हुलाक सेवाको जागिर देखि पश्मिनाको तानबुनासम्मको सिग्देलले चर्चा गरे।

कवि जगदीश्वर पोखरलले कार्यक्रममा बोल्दै डेढ दशकभन्दा लामो अथक प्रयास पछि यी फरक १५ वटा काव्यकृति तयार भएको बताए। यी कृतिका कविताहरु १९३ प्रकारका छन्दमा सृजना गरिएको पनि उनले जानकारी गराए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT