एजेन्सी । निर्देशक ओम राउतको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को ट्रेलरले दर्शकको उत्साह बढाएको छ । त्यसैले दर्शकहरु यसलाई हेर्न आतुर छन् ।
यतिबेला यो फिल्म आफ्नो ब्यापारलाई लिएर चर्चामा छ किनकी यसले रिलिज अगावै बम्पर कमाई गरेको छ ।
फिल्मको प्रिबुकिङ नै सुरु भएको छैन भने कसरी भन्ने प्रश्न सबैमा उठ्न सक्छ ।
मिडिया रिपोर्टका अनुसार आदिपुरुषले रिलिज हुनुअघि नै आफ्नो बजेटको ८५ प्रतिशत रिकभर गरिसकेको छ र यस्तो अवस्थामा निर्माताले त्यसबाट कुनै जोखिम लिने छैनन् ।
बलिउड हंगामाको एक रिपोर्ट अनुसार, आदिपुरुषले आफ्नो ५०० करोड बजेटको ४३२ रिकभर गरिसकेो छ।
प्रभास र कृति सेनन स्टारर आदिपुरुषले संगीत अधिकार र डिजिटल अधिकार जस्ता गैरथिएटर राजस्व मार्फत २४७ करोड कमाएका छन्।
यसबाहेक, फिल्मले दक्षिणमा आफ्नो थिएटर राजस्वबाट १८५ करोडको न्यूनतम ग्यारेन्टी पनि प्राप्त गरेको छ।
बलिउड हंगामा रिपोर्टका अनुसार प्रभासको आदिपुरुषले भव्य ओपनिङ गर्नेछ र रिलीजको पहिलो ३ दिन भित्र मात्र हिन्दी संस्करणबाट १०० करोड रुपैयाँ संकलन गर्नेछ।