Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसोनू सुदले जब मजदुरसँग बसेर इँटा बनाए

सोनू सुदले जब मजदुरसँग बसेर इँटा बनाए


एजेन्सी । बलिउड अभिनेता सोनू सुदलाई गरिबको मसीहा भनिन्छ । उनले कोरोनाकालदेखि अहिलेसम्म धेरैलाई सहयोग गरिसकेका छन् । हालै सोनुले आफ्नो सोसल मिडिया अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन्, जसमा उनी एक व्यक्तिसँग इँटा बनाउँदै गरेको देखिन्छ ।

सोनू सुद इँटा भट्टामा देखिन्छन् । यस क्रममा उनीसँगै एक मजदुर पनि देखिन्छन् । भिडियोमा सोनू भन्छन्, ‘रञ्जित मसँगै छन् । रञ्जितले २२ वर्षदेखि इँटाभट्टामा इँटा बनाउँदै आएका छन् । इँटाले हाम्रो घर बनाउँछ र हामी घर भित्र आरामसँग बस्छौं ।’ यसपछि सोनू माटोको सहायताले इँटा बनाउँदै गरेको देखियो ।

इँटा बनाएपछि सोनुले मजदुरलाई सोधे – कस्तो बन्यो ? रञ्जित हाँस्दै भने, ‘राम्रो बनेन ।’ यसपछि सोनू फेरि इँटा बनाउँदै देखिए । सोनूको यो भिडियोलाई सामाजिक सञ्जालमा निकै मन पराइँदैछ ।

सोनू सूद चाँडै फिल्म ‘फतेह’ मा देखिनेछन् । यो एक एक्शन थ्रिलर फिल्म हो, जुन पंजाबमा मात्र आधारित छ । सोनु फिल्म फतेहमा बलियो खलनायकको भूमिकामा देखिनेछन् । सोनु सुदको आफ्नै होम प्रोडक्सन शक्ति सागर प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT