Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअन्जिलाको ईन्ड क्ल्याप, सह–निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार

अन्जिलाको ईन्ड क्ल्याप, सह–निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार


काठमाडौँ। नेपाली चलचित्र अन्जिलाको छायाङ्कन सकिएको छ। छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो।

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन्। एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायाङ्कन सुरु भएको थियो। इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ।

यो चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहेको छ। उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिध्दार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ। यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ। श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन्।

झन्डै दुई वर्ष अघि घोषणा गरी अहिले छायाङ्कन भएको यो चलचित्रकी कथा पात्र एन्जिला तुम्बापोको खेल जीवनको व्यस्त तालिकाका कारण निकै ढिलो छायाङ्कन गरिएको हो। ईन्ड क्ल्यापसँगै निर्देशक चाम्सले उपयुक्त मिति हेरी रिलिज गरिने बताए। उनले अत्यन्तै उत्साहका साथ छायाङ्कन भएको र आफ्नो निर्देशन करियरमा यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरे।

शनीबार चलचित्रको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन्। छायाङ्कन सकिएपछि एन्जिलालाई लिगमा विजयीको शुभकामना सहित म्याजिक फूटवेयर र चलचित्रका सह(निर्माता विनोद अग्रवालले स्कूटर उपहार प्रदान गरेका छन्। म्याजिक फूटवेयर यस चलचित्रका अर्का सह–निर्माता राजेश बगडियाको हो। दुवै सह–निर्माताले एन्जिलाले चलचित्रमा गरेको काम र उनको खेल जीवनबाट प्रभावित भएर उपहार प्रदान गरेको बताए।

म्याजिक फूटवेयरले एन्जिलाको नाम अङ्कित गरी जुत्ता बनाएको छ। यसरी नेपाली खेलाडीको नाम अङ्कित गरी पहिलो पटक टी–शर्ट र जुत्ता (म्याजिक) बनेका हुन्। साथै, एन्जिला चर्चित क्लोथिङ ब्रान्ड ली(निङको नेपालको पहिलो र विश्वको पाँचौँ ब्रान्ड एम्बासडर हुन्। साथै, उनी गोर्खा वाच र हन्ड्रेड स्पोर्टसको पनि पहिलो ब्रान्ड एम्बासडर हुन्।

एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए। सफल खेलाडी बन्नु अगाडि एन्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए। निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको बताए। उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए।

निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा चलचित्रमा देखिने बताए। १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए। श्रेष्ठले एन्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई इन्स्पायर गर्छ भन्ने लागेर चलचित्र बनाएको बताए।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन्। सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन्। तर, उनी २ वर्ष बेन्चमै सीमित भइन्। त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन्। एन्जिला पल्सर स्पोर्टस् अवार्ड २०७७ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन्। यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन्।

एन्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन्। यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन्। उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन्। पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो।

सुदीप बरालको डिओपी रहने यस चलचित्रका सम्पादक मिलन श्रेष्ठ हुन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन्। विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

Techie IT