चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बोुको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको पोस्टरमा दुई महिला र एक बालकलाई राखिएको छ। पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई राखिएको छ।
चलचित्रकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो चलचित्रको थिम बुझाउने बताईन्। उनले भनिन्, ‘अटिजम भनेको कुनै रोग होईन। यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्द हामीले चलचित्रमा कथा उठान गरेका छौँ। अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसंग चलचित्रमा पाईन्छ।’ उनले रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष पनि चलचित्रमा रहेको बताईन्। उनले भनिन्, प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस चलचित्रमा रहेको छ। बच्चाको अटिजम समस्यासँगै रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो। यो चलचित्रमा अभिनयसँगै लेखन र निर्देशन पण्डितको रहेको छ।
यस चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ। आश्वि फिल्मसले चलचित्र निर्माण गरेको हो। पोस्टरमा रिलिजबारे भने केहि खुलाईएको छैन।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन