Techie IT
२०८१ माघ २५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने


काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ ।

बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरेका थिए ।

गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गरेका हुन् । उनले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसकेका छन् । उनले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् ।

उनलाई आगामी मङ्सिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई नेपालमा सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए ।

गीतकार समीरले रचना गर्नुभएका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् । यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT