दिपक लिम्बुको १ मिलियन सेलिब्रेशन केक धरानमा
धरान। गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत ‘सागर बरु सुकेर गइजाला’को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्।
सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक लिम्बुले सोमबार धरान वडा २० स्थित श्रम सँस्कृति पार्कमा निर्माण भएको अहिलेको धरानको चर्चित आरा धरान पार्कमा १ मिलियन सेलीब्रेशन केक काटेर खुशियाली मनाएका हुन्। गायक लिम्बुसँगै उक्त गीतका मोडल वादल श्रेष्ठले संयुक्तरुपमा केक काटेका थिए।
सिन्धु रानाको रचना तथा रेशमलाल चौधरीको संगीत रहेको उक्त गीत सपना श्रीले फिमेल भर्शन र गायक लिम्बुले मेल भर्शनमा गाएका थिए। अहिले भने उनले यो गीतलाई नयाँ भर्सनमा रेकर्ड गरि नयाँ म्युजिक भिडियो तयार गरेका हुन्। उक्त म्युजिक भिडियोमा वादल श्रेष्ठ, गरिमा शर्माको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन