Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसेराप ग्याल्जेन लामा र जोनिशा गुरुङको अभिनयमा ‘हाम्रो चुमभ्याली’को भिडियो सार्वजनिक

सेराप ग्याल्जेन लामा र जोनिशा गुरुङको अभिनयमा ‘हाम्रो चुमभ्याली’को भिडियो सार्वजनिक


काठमाडौँ। गोरखाको पर्यटकीय क्षेत्र चुम उपत्यकालाई चिनाउने ‘हाम्रो चुमभ्याली’ गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतको भिडियो मार्फत चुमभ्याली क्षेत्रको महत्वको बारेमा भिडियो सार्वजनिक गरिएको हो।

म्युजिक भिडियो अभियान समितिले निर्माण गरेको ‘हाम्रो चुमभ्याली’को म्युजिक भिडियोमा छाङ चुम्पा लामाको शव्द, संगीतकार राजु थापाको संगीत र गायक राजु लामा र गायिका छिरिङ ल्हामो चुम्पाको स्वरमा रहेको छ।

सेराप ग्याल्जेन लामा र जोनिशा गुरुङको अभिनय रहेको उक्त भिडियोको परिकल्पनाकारका रूपमा छाङ चुम्बा लामाले रहनु भएको छ। गीतमा लबसन गुरुङको निर्देशन रहेको छ भने, अमृतमान गुरुङको कोरियोग्राफी रहेको छ।

चुम उपत्यकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको सो म्युजिक भिडियोका लागि चुमनुब्री गाउँपालिकाको मुख्य सहयोग र पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT