Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१० वर्ष,१० फिल्म र २२०० करोड कमाई, यसरी बक्स अफिसमा हलचल मचाए शाहरुख खानले

१० वर्ष,१० फिल्म र २२०० करोड कमाई, यसरी बक्स अफिसमा हलचल मचाए शाहरुख खानले


एजेन्सी । कोरोना महामारीका कारण बलिउड क्षेत्रलाई ठूलो धक्का लागेको थियो । दर्शकहरूले ओटीटीमा फिल्म हेर्ने बानी विकास गरेका थिए।

फिल्मले १०० करोड कमाउन मुस्किल भएको थियो । त्यही समयमा शाहरुख खान आफ्नो फिल्म पठान ल्याउँछन् र बलिउड उद्योगलाई जीवनदान दिने काम गर्छन्।

आज किंग खानको जन्मदिनको अवसरमा उनको पछिल्लो १० वर्षको विवरण सुनाउँदैछौँ ।

शाहरुख खानलाई धेरै वर्षदेखि बलिउडका राजा, बादशाह र सुपरस्टार भनिन्छ । तर, यो वर्ष उनले साँचो अर्थमा हिन्दी फिल्म इन्डस्ट्रीमा कोही राजा छन् भने शाहरुख खान हुन् भन्ने प्रमाणित गरेका छन् ।

शाहरुखको पठान २५ जनवरी २०२३ मा रिलिज भएको थियो ।

सिद्धार्थ मल्होत्रा ​​निर्देशित किङ खानको यो फिल्म हेर्न देशभरका थिएटरमा लामो लाइन लागेको थियो ।

फिल्मको हिन्दी संस्करणले नै ५४३ करोड भन्दा बढी कमाएको थियो।

शाहरुखले पठानसँग बनाएको कीर्तिमान उनको जबान फिल्मले तोडेको थियो । जवान ७ सेप्टेम्बरमा रिलिज भएको थियो।यो फिल्ममा साउथको पनि उपस्थिति थियो। निर्देशक एट्लीदेखि नयनथारा र खलनायक विजय सेतुपति सबै दक्षिणका चर्चित अनुहार थिए। फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

सन् २०१३ः चेन्नई एक्सप्रेस २२७ः१३ करोड
सन् २०१४ः ह्यापी न्यु एयर २०३ करोड
सन् २०१५ः दिवालेः १४८.७२ करोड
सन् २०१६ः फ्यान ८४ करोड
सन् २०१६ः डियर जिन्दगी ६८.१६ करोड
सन् २०१७ः रईस १३७.५१ करोड
सन् २०१७ः जब ह्यारी मेट सेजल ६४.३३ करोड
सन् २०१८ः जिरो ९०.२८
सन् २०२३ः पठान ५४३ करोड
सन् २०२३ः जवान ६४२ करोड

कुलः २२०८ करोड




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT