काठमाडौँ। नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ। काठमाडौँको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो।
षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन्। दीपेश खत्री (म्याक्स्) र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्। चलचित्रको लेखक निर्देशक भट्टराई हुन्।
चलचित्रमा विपीन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत, हरिबंश आचार्य, राजाराम पौडेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन्।
आजबाटै छायांकन सुरु हुने चलचित्र ‘महाजात्रा’ चैत ९ गते रिलिज हुनेछ।