Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक

अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक


काठमाडौँ । सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ ।

मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात हजार एक सय ३२ मिटर उचाइमा रहेको हिमालको आधार शिविरमा छायाङ्कनको टोली पुर्‍याएर कलाकार एवम् निर्देशक राजु भट्टले उक्त भिडियो सुटिङ गरेका हुन् ।

काठमाडौंको वसन्तपुरदेखि दार्चुलाको अपीसम्मका दृश्य समेटेर तयार पारिएको भिडियोमा धनगढीकी कलाकार बोन्दिता धामी र अपीवासीका साथमा भट्टको अभिनय छ । भिडियोले नेपालको प्राकृतिक सौन्दर्य र ग्रामीण जनजीवनलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छ ।

सिनेमाटोग्राफर केशव पाण्डेसमेतका मेहनतबाट तयार गरिएको भिडियोले अपी क्षेत्रलगायत समग्र नेपालको पर्यटनको क्षेत्रका लागि कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरिएको छ ।

“संसारभर नै पछिल्ल्लो समय युवाको रोजाइमा एडभेन्चर, ट्रेकिङ एवम् ट्राभलिङसम्बन्धी चलचित्र एवम् कार्यकम पर्ने गरेकामा सो म्युजिकल फिल्मले नेपालको आन्तरिक एवम् बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ”, निर्देशक भट्टले भने । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक सो भिडियो मोबाइल एप र मोमो एपमा समेत उपलब्ध छ । भट्टको आफ्नै शब्द, सङ्गीत र मानश्वी मालाकारको एरेन्ज रहेको गीतमा उनको र ममता गुरुङको स्वर छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT