Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र विकास बोर्डद्वारा अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को लागि लेख रचना माग

चलचित्र विकास बोर्डद्वारा अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को लागि लेख रचना माग


काठमाडौँ। चलचित्र विकास बोर्डले बार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ। आफ्नो बेवसाइटमार्फत जेठ १ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन अनुरोध गरिएको छ।

लेख पठाउँदा चलचित्रक्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्षरुपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि, खोज तथा अनुसन्धानमूलक पठाउनुपर्ने प्रकाशन समितिका संयोजक एवं बोर्ड सदस्य रविचन्द्र अधिकारीले बताए। लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति, कानुनी व्यवस्था,चलचित्र निर्माण प्रदर्शन तथा वितरण, बक्स अफिस व्यवस्था, चलचित्र विकास बोर्डको भूमिका, स्वदेशी तथा विदेशी चलचित्र बजारको विद्यमान अवस्था, नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्नै विविध पक्षको सुधार, चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्ने अधिकारीले बताए।

प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईने र प्रत्येक लेख कम्तीमा पाँचहजार शब्दको हुनुपर्नेछ। कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा प्रकाशन नहुने तथा लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित हुनेछ। प्रकाशनको लागि छनौट भएका लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भए बमोजिमको पारिश्रमिक उपलब्ध गराईनेछ। छनौटमा नपरेका लेखहरु सम्बन्धित लेखकलाई नै फिर्ता हुनेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT