Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविजयको ‘लियो’ले तोड्यो ‘गदर २’ को रेकर्ड

विजयको ‘लियो’ले तोड्यो ‘गदर २’ को रेकर्ड


एजेन्सी । थालापथी विजयको फिल्म ‘लियो’ ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा हलचल मच्चाएको छ । ‘लियो’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । चार दिनमै फिल्म २०० करोड क्लबमा प्रवेश गरेको हो । आइतबार फिल्मको कमाईमा ठूलो उछाल आएको छ ।

लोकेश कनागराजको फिल्म ‘लियो’ १९ अक्टोबर २०२३ मा विश्वभरका थिएटरमा रिलिज भएको थियो । फिल्मले शानदार ओपनिङका साथ बक्स अफिसमा हलचल मचाएको थियो । दोस्रो र तेस्रो दिन फिल्मको कमाईमा केही कमी आएको थियो तर आइतबार घरेलु बक्स अफिसमा ुलियोुका लागि राम्रो दिन साबित भयो ।

लामो समयदेखि विजयको एक्शन थ्रिलर ‘लियो’को चर्चा चलिरहेको थियो । फिल्मले पहिलो दिन ‘गदर २’ भन्दा धेरै कमाएको थियो । आइतबार फिल्मको कमाईले ठूलो फड्को मारेको छ । चलचित्रले आइतबार घरेलु बक्स अफिसमा एकै दिन ४० करोडको व्यापार गरेको छ । तर, वास्तविक तथ्याङ्क यो भन्दा बढी हुन सक्छ ।

थालापथी विजय र सञ्जय दत्त स्टारर फिल्म ‘लियो’ ले बक्स अफिसमा ६५ करोडको खाता खोलेको छ । फिल्मले तमिलमा सबैभन्दा बढी र कन्नडमा सबैभन्दा कम कमाई गरेको थियो । फिल्मले दोस्रो दिन ३५.२५ करोड कमाएको थियो । शनिबारको कमाईमा उछाल आएको छ र लियोको खातामा ३९.८ करोड आयो ।

फिल्मले पहिलो साताको अन्त्यमा १७९.८५ रुपैयाँसम्मको व्यापार गरेको छ । यसै वर्षको अगस्टमा रिलिज भएको ‘गदर २’ ले पहिलो सप्ताहन्तमा १३४.८८ करोड कमाएको थियो । यस हिसाबले विजयको फिल्म ‘गदर २’ लाई पछि पारेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT