Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनमिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न


काठमाडौँ। मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ। सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू भित्र रहेको प्रतिभा देखाए। उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभकामना दिइन्। उनले मिस मगर इन्टरनेशनलले मगर समुदायमा रहेका युवतीहरुको ब्यक्तित्व बिकाशमा ठुलो मद्धत गर्ने भन्दै प्रतियोगीहरुलाई शुभकामना दिइन्। साथै उनले यस्ता किसिमका प्रतियोगीता नियमित हुनुपर्नेमा जोड दिइन्। यस्तै बिशेष अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु राना मगरले पनि मिस मगर इन्टरनेशनलको पहिलो सिजनमा सहभागी हुन आउने प्रतियोगीहरुलाई शुभकामना दिइन्।

मिस मंगोल २०१२ की बिजेता सपना रोका मगरले सन्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक तथा गायक रमेश बाबु थापा मगरले स्वागत मन्तब्य राखेका थिए। उनले मिस मगर इन्टरनेशनलले मगर समुदायका युवतीहरुको ब्यक्तित्व बिकाश गर्ने बताए। उनी भन्छन्, हामी पहिलो सिजनमा छौं, तर प्रतियोगीहरुको सहभागीता देख्दा निकै खुसी लागेको छ। मगर समुदायमा रहेका युवतीहरुले आफ्नो ब्यक्तित्व बिकाश गर्नेमा ढुक्क छौं।

निर्णय समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बिच फाइनल हुने जानकारी गराए। उनले यहि जेठ २७ गते काठमाडौंको प्रज्ञाभवनमा फाइनल प्रतिस्पर्धा हुने जानकारी गराए । अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ को फस्ट रनरअप रेनुका पुन मगर निर्णायक रहेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT