Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘वानर सेना’ प्रदर्शनमा

चलचित्र ‘वानर सेना’ प्रदर्शनमा


काठमाडौँ । नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिए । उनले पहिलो निर्देशकीय चलचित्रमा पौराणिक सन्दर्भलाई समेत जोडिएको बताए ।

उनले भने, “हाम्रो विषयवस्तुअनुसार नै हामीले यो समयमा चलचित्र प्रदर्शन गरेका छौँ । मेरो पहिलो निर्देशकीय चलचित्र भएकाले पनि सक्दो मेहनत गरेको छु । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने हाम्रो उद्देश्य हो ।”

चलचित्रमा उनीसँगै आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक गिरीले नै लेख्न भएको चलचित्रमा विनोद सापकोटाले छायांकन, जोन तामाङले सङ्गीत, प्रवीन ढकालले रङ्ग संयोजन, नारायण रिजालले नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीले द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र बन्दे प्रसादले सम्पादन गरेका छन् । युवराज गिरीले निर्माण गरेको चलचित्रको वितरण काठमाडौँमा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) र एफडी कम्पनीले गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT