Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठUKनेपाली चलचित्रको प्रवद्र्वनमा सघाउन भुवन केसीको आग्रह

नेपाली चलचित्रको प्रवद्र्वनमा सघाउन भुवन केसीको आग्रह


लण्डन। युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन्। स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन समेत गरे।

एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित समारोहमा अध्यक्ष केसीले माल्टाबासी नेपालीहरु माँझ नेपाली चलचित्र र कला संस्कृतिको प्रवद्र्वनमा सघाउन समेत आग्रह गरे। नेपालीपनको आभास दिलाउन सक्ने कार्यक्रम आयोजना गर्न सके बोर्डबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए। लोकगायिका सुनिता दुलाल समेत सहभागी कार्यक्रममा उनको सांगीतिक प्रस्तुतिले माहौंल तताएको थियो। उनले आफ्ना चर्चित गीतहरु सुनाएर मनोरंजन प्रदान गरिन। नायिका जिया केसीसँगै त्यहाँ पुगेका अभिनेता केसीले समेत कार्यक्रममा गीत गाए।

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृति, एवं भेषभुषाको प्रवद्र्धन सँगै व्यवसायिक ढंगले विभिन्न मनोरंजनात्मक गतिविधि आयोजना गर्ने उद्देश्यले उक्त संस्था खोलिएको यसका परिकल्पनाकार तथा संरक्षक जिके शर्माले बताए। यसका निम्ति नेपालस्थित राइज मिडिया नेटवर्कसँग सहकार्यका निम्ति समझदारी भएको समेत उनले जानकारी गराए। राइज मिडिया अडियो भिडियो निर्माण तथा इभेन्ट म्यानेजमेन्ट सँगै संचार क्षेत्रमा आबद्ध संस्था हो। माल्टा लगायत युरोपमा रहेका नेपालीहरुलाई एकताबद्ध गरी नेपालको मौलिकतालाई युरोपमा प्रवद्र्वन गर्न ब्लु हर्स इन्टरटेन्मेन्ट निरन्तर सक्रिय रहने समेत शर्माको भनाई थियो। यस संस्थाको संरक्षक उदयबाबु श्रेष्ठ रहेका छन्।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) तथा संस्थापक अध्यक्ष तेज बहादुर लिम्बु द्वयले नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि नयाँ खुलेको संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एनआरएन माल्टाका सल्लाहकार हरि बिसिले समग्र टिमलाई शुभकामना व्यक्त गर्दै ब्लु हर्ष ईन्टरटेन्टमेन्टले युरोपमा रहेका नयाँ प्रतिभाहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण अवसर प्रदान गर्न सक्ने विचार राखे।

माल्टाबासी नेपाली, विभिन्न संघ संस्था प्रतिनिधि एवं व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रम ब्लु हर्स इन्टरटेन्मेन्ट संयोजक डम्बर राणाको संयोजकत्वमा भएको थियो। कार्यक्रमको संचालन असिम लोप्चनले गरेका थिए। माल्टा पछिल्लोसमय नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT