Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसंगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक


काठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन्।

शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा संगीतकार स्वयम् र अञ्जु पन्तको स्वर तथा प्रलाद शाहको शब्द रहेको छ। यस्तै माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ।

कार्यक्रममा बोल्दै संगीतकार थापाले गीतलाई उत्कृष्ट बनाउन हरसम्भव कोसिस गरेको भन्दै अब दर्शक तथा समिक्षकबाट प्राप्त हरेक प्रतिक्रिया आफ्नालाई स्वीकार्य हुने बताएका छन्।

यस्तै, प्रमुख अतिथी सदस्य सचिव महराले आफुले संगीतकार थापाका गीतहरु सुन्ने गरेको भन्दै यो गीत पनि निकै मन परेको जनाइन्। उनले थापा जस्ता अथाह प्रतिभाका धनी संगीतकारहरुलाई कसरी राज्यले थप सेवा सुविधा प्रदान गर्दै संरक्षण गर्न सक्छ त्यसमा आफु लागिपर्ने प्रतिवद्धता समेत जनाएकी छिन्। गायिका समेत रहेकी सदस्य सचिव महराले संगीतकार थापाको सृजना गीतमा प्राण भर्न सफल रहने गरेको भन्दै मुक्त कण्ठले प्रसंसा समेत गरेकी छिन्।

कार्यक्रममा सम्बोधन गर्दै बरिष्ठ संगीतकार राजु सिंहले आफु संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए। जहिले पनि केही न केही नविनतम् सृजना पस्कने थापाको खुबी रहेको भन्दै उनले भने – ‘संगीतमा साधना र संस्कारले ठुलो अर्थ राख्छ, यि सबै कुरा संगीतकार थापामा छ। उनको साधना र तपस्या संगीतमा झल्कने गरेको छ।’

यस्तै संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले थापा संगीतकार संघले मात्र नभएर सिङ्गो नेपाली संगीतले नै गर्व गर्ने संगीतकार भएको बताए। जस्तो सुकै परिस्थितिमा पनि निरन्तर संगीतमै सक्रिय रहेको भन्दै उनले संगीतकार थापा सक्रिय मात्र नभएर उत्कृष्ट संगीत साधक भएको पनि बताए।

यस्तै चर्चित गायक शिव परियारले आफु संगीतकार थापाको सृजनाको फ्यान भएको जनाए। केही गीतमा सहकार्य समेत गरेको भन्दै शिवले आफु उनको संगीतमा गीत गाउन सधै आतुर रहेको समेत बताए। संगीत पढेर, बुझेर सृजनामा लागेकोले पनि उनको सृजनामा संगीत प्रतिको सर्मपण झल्कने उनी बताउँछन्। यस्तै गायक परियारले कलाकार चिमरियाको प्रसंसा गर्दै नेपाली म्युजिक भिडियो क्षेत्रले एउटा राम्रो कलाकार पाएको जनाए।

कार्यक्रममा संगीत गुरु श्री केसी, फिल्म सोसाइटी नेपालका महासचिव राजेश बिसुराल, राष्ट्रिय लोक साँस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय, व्युटि पेजेण्ट एसोसियसनका महासचिव निशु कान्त झा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका सभापति राइट ट्युनका कार्यकारी निर्देशक शाहीले आफुलाई संगीतकार थापाको सृजना मन परेकैले आफ्नो कम्पनीले लगानी गरेको जनाए। उनले आफ्नो कम्पनीले उत्कृष्ट सृजना गर्ने हरेक श्रष्टासँग सहकार्य गर्दै अघि बढ्ने समेत बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT