Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअनमोल केसी पक्राउ

अनमोल केसी पक्राउ


काठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन्। ठगी गरेको आरोपमा केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरिएको स्रोतको भनाई छ।

केसी ‘रामायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए। तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असोज ८ गते उजुरी दिएकी थिइन्।

त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन्। केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए। तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन्। त्यही उजुरीका आधारमा केसी पक्राउ परेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT