Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘मायावी’को छायांकन सुरु

‘मायावी’को छायांकन सुरु


काठमाडौँ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ। केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो।

निर्माण टिमले फिल्मको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म फिल्मका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो।

फिल्म मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट छायांकन सुरु भएको र फिल्मको छायाकंन अवधी ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले जनकारी गराए।

पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस फिल्ममा मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भुमिका रहने छ। यस्तै फिल्ममा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारहरुको पनि अभिनय रहने छ।

अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन्। यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन्।

क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहने छ। भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन्।

राजु थापाको डिओपी रहने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत छ। फिल्ममा एक्शन तथा निर्देशक चन्द्र पन्त र अभिनेता राज कटुवाल निर्माता रहेका छन्। राज फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT