एजेन्सी । टी-सिरीजका मालिक तथा फिल्म ‘एनिमल’का निर्माता भूषण कुमारले हालै इन्डिया टुडेसँगको अन्तर्वार्तामा रिलिज मिति परिवर्तन गर्नुको वास्तविक कारणबारे कुरा गरेका छन् ।
उनले निर्देशक सन्दीप रेड्डी वांगाले बनाएको ‘एनिमल’ निकै राम्रो फिल्म भएको बताए ।
फिल्म डिसेम्बर १ गते अन्तिम मितिमा रिलिज हुँदैछ ।
फिल्मको केही काम बाँकी रहेकाले उनीहरुले प्रारम्भिक रिलिज स्थगित गर्नुपरेको बताए ।
उनले जवानको उदाहरण दिँदै भने,’यदि तपाईंले हेर्नुभयो भने, दक्षिणी बजार तेलंगाना र आन्ध्र प्रदेशको बजारमा जवानको अग्रिम बुकिङ धेरै थियो। मेरो निर्देशक र अभिनेत्री दक्षिण भारतीय हुन्।’
‘एनिमल पेन इन्डिया फिल्म हो, त्यसैले हामीले यसलाई विभिन्न भाषामा डबिङमा मात्र सीमित नभई विभिन्न भाषाहरूमा गर्ने योजना बनाएका छौं। जवानले जस्तै यसलाई पनि जताततै प्रवर्द्धन गर्न चाहन्छौं।’ उनले भने ।