Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘केजीएफ’स्टार यश रूसी माफियासँग भिड्ने

‘केजीएफ’स्टार यश रूसी माफियासँग भिड्ने


एजेन्सी । कन्नडबाट भारतीय फिल्म इन्डस्ट्रीले केजीएफ फेम यशको रूपमा एक पान इन्डियन स्टार पाएको छ । यस फिल्मको दोस्रो भागको ठूलो सफलतापछि उनका फ्यानदेखि लिएर ट्रेड करिडोरसम्म यशको अर्को फिल्म के हुने हो भनी उत्सुकताका साथ पर्खिरहेका छन् ।

यशको अर्को प्रोजेक्ट गोवाको पृष्ठभूमिमा आधारित हुनेछ ।केजीएफजस्तै यो पनि एक पिरियड क्राइम ड्रामा हुनेछ । ६० को दशकमा गोवामा रुसी र ड्रग्स माफियाको घुसपैठ देखाइनेछ । यशको चरित्रले कसरी रुसको वर्चस्वलाई चुनौती दिन्छ भन्ने बारेमा कथा हुनेछ ।

यशको नजिकको स्रोतका अनुसार यो फिल्मका निर्देशक केजीएफका प्रशान्त नील हुनेछैनन् । बरु मलयालम फिल्मका निर्देशक फाइनल भएको छ । उनको नाम लता मेनन हो । उनी प्रसिद्ध फिल्म निर्माता र सिनेमेटोग्राफर राजीव मेननकी पत्नी हुन् ।

गोवाको ड्रग माफिया दक्षिणमा पनि कम अन्वेषण गरिएको छ । यससँगै त्यहाँको रुसी माफियाको राजनीतिक सम्बन्ध पनि कम पर्दाफास भएको छ । यस्तो अवस्थामा यशलाई त्यो कथानक विषयको रूपमा निकै मन पर्यो । उनले यसलाई सुरु गर्न गम्भीर रुपमा सोचिरहेका छन् ।

केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैं पनि निर्माता हुन् । यो पनि १०० करोडभन्दा माथिको बजेटमा बन्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT