समिक्षा अधिकारीको ‘भन्छन् स्वामीले’ सार्वजनिक
काठमाडौँ। हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुले यससँग सम्बन्धित गीति सामाग्रीहरु सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ। यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।
पछिल्लो पुस्तामाझ चर्चामा रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको संगीत रहेको उक्त गीतमा गणेश सुबेदीको शब्द रहेको छ भने राजिव शाहले एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ गरेका छन्।
भिडियोमा भने मोनिका बुढाथोकी र सबिन घिमिरेले श्रीमान–श्रीमतीको रुपमा अभिनय गरेका छन्। मोनिकाको नृत्य तथा सबिनको अभिनय मौलिक रहेको छ। निर्देशक तथा कोरियोग्राफर सुरेश पाण्डेले भिडियोलाई पारिवारिक र सभ्य बनाएका छन्। बन्दे प्रसादको सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ भने राजेन्द्र मोक्तानले गरेका छन्।
प्रायजसो तीजका गीतहरु काठमाडौँको कुनै पार्टी प्यालेस वा कुनै मन्दिरको प्रांगणमा छायाँकन गरेर सकिने परम्परालाई छोडेर यो गीतको भिडियो भने इलामको चपेटी, झापाको सुरुंगास्थित धनुषकोटी र दोमुखाका रमणीय स्थलहरुमा गरिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन