Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘एक भगवत गीता’को नामको विवादबारे चलचित्र विकास बोर्डमा छलफल

‘एक भगवत गीता’को नामको विवादबारे चलचित्र विकास बोर्डमा छलफल


काठमाडौँ। केही आध्यात्मिक संस्थाहरुले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारेमा उठाएका प्रश्न र विमतिको विषयमा चलचित्र विकास बोर्डमा छलफल भएको छ।

भाद्र १८ गते सोमवार बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा चलचित्रको तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागि थिए भने हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका सागर थापा लगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

भाद्र २९ गते रिलिज मिति तोकिएको यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले गरेका थिए। श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रुपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ति संस्थाहरूले लगाएका थिए।

त्यसको प्रतिउत्तरमा निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नगागेको प्रष्ट पार्दै गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउनु चलचित्रको उद्देश्य रहेको बताएको थियो। आध्यात्मिक गुरूहरूले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धि विवादलाई टुंगो लगाउने सहमति सो छलफलमा भएको छ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएको कारणले पनि यो चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगरेको विश्वास लिएको बताए। उनले भने, “हुनत मैले यो चलचित्र हेरेको छैन तरपनि उहाँहरूको परिवारका सबै सदस्य नै आध्यात्मिक रहेको कारण श्रीमद भगवत गीताको सन्देशको विपरित चलचित्र बनाउनुभएको छ भन्ने लागेको छैन। यद्यपि चलचित्र हेरेर मात्र नाम परिवर्तनको बिषयमा निर्णय लिनु उत्तम हुनसक्छ।” केसीले समस्या समाधानको लागि बोर्डले सदैव सबै पक्षलाई स्वागत गर्ने जिकिर गरे।

सो छलफल अत्यन्त महत्त्वपूर्ण, सार्थक, सकारात्मक एवम् पेचिलो भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए। उनले ‘एक भगवत गीता’बारे विवाद र विमति सकारात्मक निष्कर्षमा पुर्‍याउन सर्वसम्मत सहमति भएको जनाए। “चलचित्रको नामलाई लिएर पैदा भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बोर्डले निकै विवेकसम्मत तरिकाले पहलकदमी लियो।

सर्वपक्षीय छलफलको आयोजना गरी बोर्डले हार्दिक विमर्शद्वारा दुबै पक्षलाई सकारात्मक निकासतिर प्रेरित गर्‍यो। यस प्रयत्न र निष्कर्षबाट सबैपक्ष उत्साहित र एकतावद्ध भयौँ”, बुढाथोकीले बताए।

यो चलचित्रले कुनै पनि जात, धर्म, समुदाय, लिंग, क्षेत्र र भाषा संस्कृतिमाथि आघात पुर्‍याउने, विभेद सिर्जना गर्ने, द्वैष र घृणा फैलाउने वा कुनै किसिमको मानहानी हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको बुढाथोकीले बताए। बोर्ड सिर्जनात्मक स्वतन्त्रताको पक्षधर रहेको उनको जिकिर छ।

सो छलफलमा बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी र रबिचन्द्र अधिकारी सहित चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोबिन्द शाही, चलचित्र निर्माता उदय सुब्बा लगायतको सहभागीता थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT