Techie IT
२०८१ चैत्र २, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननारायण रायमाझीले एकल साँझमा गुन्जाए कालजयी गीत

नारायण रायमाझीले एकल साँझमा गुन्जाए कालजयी गीत


काठमाडौँ। दिग्गज संगीतकार तथा गायक नारायण रायमाझी जीवनकै पहिलो पटक एकल साँझमा उत्रिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ उनले आफ्नो कालजयी गीतबाट दर्शक रिझाएका हुन्।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाल सरकारको उत्चस्थ पदाधिकारीदेखि गीतसंगीत क्षेत्रका बरिष्ठदेखि कनिष्ठ ब्यक्तिसम्मको उपस्थिती रहेको थियो।

कार्यक्रममा रायमाझीले सम्झी रेलिमै, फुलबुट्टे चोलीमा, राम्दीपुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायत गीत मार्फत दर्शक मत्रमुग्ध पारेका थिए।

रायमाझी निर्देशित आगामी कात्तिक ३ गते प्रदर्शन हुने ‘परदेशी २’को पनि प्रचार प्रसार समेत गरिएको कार्यक्रममा शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टीका पुन, विक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दीपिका बयम्भु, प्रकाश दूतराज, रचना रिमाल, सुप्रिम मल्ल, पूजा देवकोटा लगायतले साथ दिए।

पाल्पाको झडेवामा जन्मिएका रायमाझीले गार्खा पल्टन र परदेशी फिल्म यस अगाडि दिइका थिए।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी, रमेश बिजी, एमाले नेता प्रदीप ज्ञवाली, निर्देशक तथा फिल्म अभिनेता नीर शाह, गायक बमबहादुर कार्की, गीतकार कृष्णहरि बराल, कलाकारहरु मदनदास श्रेष्ठ, सन्तोष पन्त, केकी अधिकारीको समेत उपस्थिती थियो।

रमेश बिजी, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रकाश सपुत लगायतका कलाकारले सहजीकरण गरेका कार्यक्रमको सभापतित्व प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले गरेकी थिइन्। एकल साँझको प्रायोजकमा नेपाल टेलिकम थियो। आफु निर्वाचित भएर आएदेखि प्रत्येक बर्ष एक जना दिग्गदको एकल साँझ गर्ने उदेश्य सहित यो पटक नारायण रायमाझी साँझ आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

Techie IT