Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रताप दास र बैकुण्ठको चोखो मायामा यसराज र सत्या

प्रताप दास र बैकुण्ठको चोखो मायामा यसराज र सत्या


काठमाडौँ। गीतकार बैकुण्ठ प्रसाद उपाध्ययको नयाँ गति मैले दिएको चोखो माया…को भिडियो बजारमा आएको छ। यो गीतको भिडियोलाई ओएरआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ।

गायक प्रताप दासको स्वरमा यो गीत रहेको छ। गीतलाई कुमार थापामगरले संगीत तथा संगीत संयोजन गरेका हुन्। गीतको रेकर्डिङ चन्दु गोर्खालीले गरेका हुन्।

आधुनिक गीतको यो गीतको भिडियो निकै आकर्षक बनेको छ। यो गीतमा अभिनेता यसराज गराच मुख्य भूमिकामा छन्। उनीसँगै यो गीतमा मोडल सत्या गिरी, सन्तोष पन्त, अनिशा थापामगर र बैकुण्ठ प्रसाद उपाध्यायको पनि अभिनय रहेको छ।

यो गीतको भिडियोलाई सांस्कृतिक संस्थापनका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेका हुन्। गीतमा यसराज र सत्याको प्रेम वियोगको कथा प्रस्तुत गरिएको छ।

नरेश आयरले खिचेको यो गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन रहेको छ। भिडियोलाई बैकुण्ठ फिल्म प्रोडक्सनले निर्माण गरेको हो। दुई दिन अघि रिलिज भएको यो गीतलाई श्रोताले मन पराएको गीतकार बैकुन्ठले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT