Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनवेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक

वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक


काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ।

टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको छ। ओटीटी प्लेटफर्मको लागि आवस्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज बनाइएको निमार्ण पक्षले जनाएको छ।

एकेडेमीले सिरिज निर्माणको थालनी गरेसँगै नेपालको अहिले सम्म कै ह्याभी वेट सिरिज भनेर चर्चा समेत हुन थालेको छ।

आठ भागमा निमार्ण भएको यो ब्रह्माण्ड सिरिजको प्रत्येक भाग एकएक घण्टाको हुने छ । रियाज नाटक्कार यसका निर्देशक हुन् भने सागरराज आचार्य कार्यकारी निर्माता हुन्। एकेडेमीका सिईओ प्रकाश पुरी सिरिजका क्रिएटिव प्रोड्यूसर हुन्।

पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको पनि अभिनय रहेको छ। सिरिजबाट सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दैछन्।

सार्वजनिक टिजर हेर्दा विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर हुने सम्भावना रहेको छ।

यस्तै, केही समय अघि एकेडेमीले ‘मिस स्कार्लेट’ नामक साइको थ्रीलरे सिरिजको टिजर सार्वजनिक गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT