अक्षय कुमारले पाए भारतको नागरिकता
एजेन्सी । अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसरका दिन फिल्मस्टार अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अक्षय आफैंले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले खुसी साट्दै लेखेका छन् – ‘अब मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना‘ जय हिन्द ।’
अक्षय कुमारसँग अझै पनि क्यानडाको नागरिकता थियो । उनलाई क्यानेडियन कुमार भन्दै ट्रोल पनि गरिएको थियो ।
अक्षय कुमारले सन् २०११ मा क्यानडाको संघीय निर्वाचनपछि त्यहाँको कन्जरभेटिभ सरकारले क्यानडाको नागरिकता पाएका थिए । डिसेम्बर २०१९ मा, अक्षयले भारतीय राहदानीको लागि आवेदन दिए र उनले आफ्नो क्यानाडाको नागरिकता त्याग्न लागेको बताएका थिए ।
यसैबीच अहिले हलमा रिलिज भइरहेको अक्षय कुमारको फिल्म ‘ओएमजी २’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन सोमबार १२ करोड कमाएको छ । योसँगै यो फिल्मको कुल कलेक्सन ५५ करोड पुगेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन