Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘जवान’को दृश्यहरु लिक भयो, मुद्दा हाल्दै शाहरुखको कम्पनी

‘जवान’को दृश्यहरु लिक भयो, मुद्दा हाल्दै शाहरुखको कम्पनी


एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘जवान’का केही क्लिप लिक भएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी ‘रेड चिलीज इन्टरटेनमेन्ट’ले यस सम्बन्धमा एफआईआर दर्ता गरेको छ ।

अगस्ट १० मा, यो एफआईआर सूचना प्रविधि ऐन अन्तर्गत दर्ता गरिएको थियो ।

निर्माण कम्पनीले क्लिप लीक गर्नु प्रतिलिपि अधिकार उल्लङ्घन भएको बताएको छ । क्लिप लीक भएपछि फिल्मको गोप्यता समाप्त हुन्छ । फिल्ममा धेरै कुरा लुकेका हुन्छन् । यस्तो अवस्थामा रिलिजअघि नै क्लिप बाहिरिएपछि फिल्मको मार्केटिङ प्रभावित हुन्छ ।

जवानको क्लिप लीक भएको यो पहिलो पटक होइन । अप्रिलमा पनि फिल्मसँग सम्बन्धित दुईवटा भिडियो लिक भएको थियो । पहिलो क्लिपमा शाहरुखको झगडाको दृश्य थियो । दोस्रो क्लिप डान्स सिक्वेन्सको थियो, जसमा शाहरुख र नयनतारालाई देखाइएको थियो ।

दिल्ली उच्च अदालतले यस सम्बन्धमा आदेश दिएको थियो । अदालतले सामाजिक सञ्जाल प्लेटफर्म, वेबसाइट, केबल टिभी आउटलेट र अन्य माध्यमहरूलाई फिल्मको क्लिप हटाउन निर्देशन दिएको थियो ।

शाहरुखको प्रतिक्षित यो फिल्म सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । फिल्ममा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति शीर्ष भूमिकामा छन् । फिल्मलाई साउथका चर्चित निर्देशक एट्लीले निर्देशन गरेका छन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT