Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन३९ वर्षको अन्तर भएका रजनीकान्त र तमन्ना फिल्म ‘जेलर’मा रोमान्स गर्दै

३९ वर्षको अन्तर भएका रजनीकान्त र तमन्ना फिल्म ‘जेलर’मा रोमान्स गर्दै


एजेन्सी । साउथ अभिनेत्री तमन्ना भाटिया चाँडै सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’मा देखिनेछिन् । हालै तमन्नालाई फिल्ममा उनको र सहकलाकारबीचको उमेरको अन्तरबारे प्रश्न गरिएको थियो । वास्तवमा ३३ वर्षीया तमन्नाले ७२ वर्षीय रजनीकान्तसँग फिल्ममा काम गरेकी छिन् । दुवैको उमेरमा ३९ वर्षको अन्तर छ ।

उमेरको यो अन्तरबारे तमन्नाले ६० वर्षको उमेरमा पनि डान्स नम्बर गर्न तयार हुने बताइन् । जसरी टम क्रुजले ६० वर्षको उमेरमा पनि आफै स्टन्ट गर्छन् ।

‘जेलर’को ‘तु आ दिलबरा’ गीतको लञ्च कार्यक्रममा उक्त कुराकानी भएको हो । उमेरको अन्तरमा तमन्नाले भनिन्– ‘उमेरको अन्तर जस्तो कुरामा पनि किन ध्यान दिनुहुन्छ रु तपाईंले स्क्रिनमा देखिने पात्रहरूमा मात्र ध्यान दिनुपर्छ ।’

हलिउड स्टार टम क्रुजको उदाहरण दिँदै तमन्नाले भनिन्– ‘यदि उमेरको कुरा गर्ने हो भने म भन्छु टम क्रुजलाई हेर, उनी ६० वर्षको उमेरमा पनि स्टन्ट आफै गर्छन् । कुनै पनि बडी डबल प्रयोग गर्दैनन् । मलाई ६० वर्षको उमेरमा पनि यस्तै नाच्न मन लाग्छ ।’

फिल्ममा तमन्ना भाटिया सुपरस्टार रजनीकान्तसँग कवला गीतमा नाच्दै देखिएकी छन् । रजनीकान्त र तमन्नाले गीतको हुक स्टेप सँगै गरिरहेका छन् । यस गीतमा शिल्पा राव र अनिरुद्ध रविचन्दरको आवाज रहेको छ । गीतमा अनुराज कामराजको शब्द रहेको छ । फिल्म यसै वर्ष अगस्ट १० मा रिलिज हुँदैछ ।

फिल्मका निर्देशक नेल्सन दिलीप कुमार हुन् । फिल्ममा रजनीकान्तले जेलरको भूमिका निर्वाह गरेका छन् जो मिसनमा छन् । फिल्ममा कन्नड सुपरस्टार शिव राजकुमार, रामैया कृष्णन, योगी बाबु, वसन्त रवि र विनायकन देखिनेछन् । फिल्ममा मलयालम सुपरस्टार मोहनलाल पनि विशेष भूमिकामा रहनेछन् । योसँगै फिल्ममा बलिउड अभिनेता ज्याकी श्राफ पनि देखिनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT