Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक

चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक


काठमाडौँ। चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बनेका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक दृश्यमार्फत कलाकारको आवरण र कथासार देखाउने प्रयास गरिएको निर्देशक लामाले जानकारी दिए।

“सामाजिक विषयवस्तुमा बनेको चलचित्रको सार्वजनिक दृश्यले राजनीतिलाई पृष्ठभूमि बनाएको छ। चलचित्र पूर्ण मनोरञ्जनात्मक छ”, उनले भने। लामाकै लेखन रहेको चलचित्रमा ‘एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ’ भन्ने कथा प्रस्तुत गरिएको छ।

चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणि नेपाल, रवीन्द्र झा, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, अङ्कित खड्का, निमा पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

जय श्रेष्ठले निर्माण गर्नुभएको चलचित्रमा हिमाल शर्मा प्रस्तुतकर्ता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता, आलोक शुक्ला छायांकार, बनिष शाह सम्पादक हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT