Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘महानगर’: युवाको सपना र यथार्थ

चलचित्र ‘महानगर’: युवाको सपना र यथार्थ


काठमाडौँ। विभिन्न महोत्सवमा सहभागी भएर विजेतासमेत बनेको चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) सार्वजनिक प्रदर्शन हुने भएको छ।

महोत्सवपश्चात् यसलाई आगामी भदौ ८ मा नेपाल प्रदर्शन गरिने लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए।

“सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई अभिव्यक्त गर्ने प्रयास गरेका छौँ। बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ। मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले महानगर बनाएको हो”, निर्देशक राईले भने।

एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा रहेको चलचित्रमा अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा छन्।

चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारले समेत अभिनय गरेका छन्।

कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यो चलचित्र नेपाल प्रदर्शन अगाडि नै अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना, नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा सहभागी भईसकेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT