Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक

चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक


काठमाडौँ। भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरुलाई विशेष स्थान दिइएको छ।

टिजरले दर्शकमा कौतुहलता बढाएको छ। चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन्। चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए।

एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन्। चलचित्रको केही देशको विदेश राइट समेत बिक्री भएको निर्माताले शर्माले जानकारी दिइन्। चलचित्र ‘जुलेबी’ को वितरण डिसीएन र रिच इन्टरटेन्टमेन्टले गर्नेछन्।

चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT