Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननेटफ्लिक्सले ‘इन्डियन २’ को डिजिटल अधिकार २०० करोडमा किन्यो

नेटफ्लिक्सले ‘इन्डियन २’ को डिजिटल अधिकार २०० करोडमा किन्यो


एजेन्सी । ‘विक्रम’ को सफलतापछि साउथ सुपरस्टार कमल हसनको करियर एकपटक फेरि उकालो लागेको छ ।

कमल हालै प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ को टिममा सामेल भएका छ न्। यसबाहेक उनी शंकरको निर्देशनमा बन्ने फिल्म ‘इन्डियन २’ मा पनि देखिनेछन् ।

यस फिल्मसँग सम्बन्धित पछिल्लो अपडेट यो हो कि नेटफ्लिक्सले यसको डिजिटल अधिकार लगभग २०० करोड रुपैयाँमा खरिद गरेको छ । यी अधिकारहरू सबै भाषाहरूको हो ।

फिल्मसँग सम्बन्धित स्रोतले ई टाइम्सलाई भन्यो, ‘शंकरले इन्डियन २ मा उत्कृष्ट काम गरेका छन् । फिल्मको केही अंश हेरेकाहरु नतिजाबाट निकै खुसी छन् ।’

रिपोर्टमा विश्वास गर्ने हो भने यो फिल्मको पहिलो भाग जहाँ समाप्त भएको थियो त्यहीँबाट सुरु हुनेछ । यसको मतलब इन्डियन २ मा कमलको क्यारेक्टर ९० वर्षको बृद्धको हुनेछ ।

फिल्ममा कमललाई यो लुक दिन मेकअप आर्टिस्टले निकै मिहिनेत गरेका छन् । यसका लागि कमललाई मेकअप गर्न ४ घण्टा लागेको थियो भने त्यसलाई हटाउन दुई घण्टा लागेको थियो ।

‘इन्डियन २’ सन् १९९६ मा रिलिज भएको कमलको आफ्नै फिल्म ‘हिन्दुस्तानी’ ९इन्डियन० को सिक्वेल हो । फिल्मको सिक्वेलमा निर्देशक शंकरको कामबाट कमल यति खुसी छन् कि उनले निर्देशकलाई जुनमा ८ लाख रुपैयाँको घडी उपहार दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

Techie IT