Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थकरका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छः अर्थमन्त्री महत

करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छः अर्थमन्त्री महत


काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका हुन्।

“करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौँ। हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन। मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो”, अर्थमन्त्री महतले भने, “हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन्।”

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाउनुपर्ने माग गरेका थिए तर सुर्तीजन्य वस्तुमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र स्वास्थ्य जोखिमसमेत जोड्दा उच्चदरमा कर लागिरहेको उनको भनाइ थियो। आर्थिक विधेयकमा राखिएको वैदेशिक पर्यटन शुल्क विदेशबाट नेपालमा आउने पर्यटकका लागि नभई विदेश घुम्न जाने नेपालीका लागि लगाइएको कर भएको पनि अर्थमन्त्री महतले स्पष्ट पारे।

पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको पनि उनको भनाइ थियो। “अर्थतन्त्र चलायमान हुँदैछ। मूल्यवृद्धि घट्दै गएको छ। ब्याजदर सहज हुँदै गएको छ। यसलेगर्दा राजस्व वृद्धि हुने प्रसस्त आधार दिन्छ”, मन्त्री महतले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा

शेयर बजार सामान्य घट्याे

काठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई

Techie IT