काठमाडौँ। आज सोमवार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८० अङ्कले घटेर दुई हजार ७६ दशमलव ९६ विन्दुमा झरेको छ।
आज फाइनान्स, लगानी, म्युचल फन्ड, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।
आज दुई सय ९३ वटा कम्पनीको एक करोड ११ लाख कित्ता शेयर तीन अर्ब ७९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रो र सिटी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटे पनि रावा इनर्जीको शेयर झन्डै १० प्रतिशतले बढेको छ।