Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थजुम्लाका स्थानीय तहले ल्याए बजेट

जुम्लाका स्थानीय तहले ल्याए बजेट


जुम्ला । जुम्लाका स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट ल्याएका छन् । ती सबै पालिकाले अर्गानिक रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारसम्मका कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समेटिएका छन् ।

सिञ्जा गाउँपालिकाले आव २०८०÷८१ का लागि रु ३७ करोड ३९ लाखको बजेट ल्याएको छ । बाह्रौँ गाउँसभामा  वडाध्यक्ष शुरबहादुर रावलले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँट तथा सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरेको हो ।

यस्तै तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि रु ४४ करोड ९३ लाखको बजेट ल्याएको छ ।  उपाध्यक्ष गोरीकला बुढाका अुसार कृषि, पशु विकास, लघुउद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बलबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सिँचाइ, जलविद्युत् र सञ्चारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ ।

जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि रु ५५ करोड ११ लाखको बजेट ल्याएको नगर उपप्रमुख रामदेवी खड्काले बताए । नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको छ ।

यसैगरी हिमा गाउँपालिकाले रु ३९ करोड ९७ लाख ४८ हजारको बजेट ल्याएको अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

Techie IT