काठमाडौँ। टाटा मोटर्स नेपालले ‘एक्सचेन्ज विकएन्ड’ अभियान सञ्चालन गरेको छ। शुक्रबार (आज)देखि टाटा मोटर्स नेपालको आधिकारिक बिक्रेता सिप्रदीका देशभर रहेका शोरुममा ‘एक्सचेन्ज विकएन्ड’ चल्ने भएको हो।
असारको ८, ९, १०, ११ र १२ गतेसम्म चल्ने एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी लिएर टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने कम्पनीले जनाएको छ।
यसलाई अझ सहज बनाउने उद्देश्यले शोरुममा इन्स्योरेन्स सुविधा, बैंकिंङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता रहने कम्पनीको भनाइ छ।
थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७ वा १६६००१५५७७७ मा निःशुल्क सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।