Techie IT
२०८१ माघ २४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थकनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक


काठमाडौँ। कनेक्ट आईपीएसले आफ्ना प्रयोगकर्ताका लागि ‘रिफर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक गरेको छ। यो अफर ५ असारदेखि देखि ३१ असारसम्म लागु हुनेछ।

यस अफरमा प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन्। रिफर गर्नेले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

यो अफरको फाइदा लिन रिफर गर्नेले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ। रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाइ वा नजिकैको बैंकमा गएर भेरिफाइ गर्नुपर्ने हुन्छ। प्रक्रिया पूरा भए पश्चात रिफर गर्नेको बैंक खातामा २५ रुपैयाँ र रिफरीको बैंक खातामा ५० रूपैयाँ प्राप्त हुने कनेक्ट आईपीएसले जनाएको छ।

कनेक्ट आईपीएसका अनुसार रिफरीको लिंक गरिएको खाता भेरिफाइ भए पश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधि भित्र खाता भेरिफाइ गराइ सक्नुपर्ने हुन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

Techie IT