Techie IT
२०८१ फागुन २८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु


काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ ।

बिहीवार आयोजित एक कार्यक्रममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ र सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले यो नयाँ सिरिज सार्वजनिक गरेका हुन् । ग्यालेक्सी एस २५ सिरिजले नेपाली प्रयोगकर्ताको अनुभवमा नयाँ परिवर्तन ल्याउने दाबी निर्देशक स्थापितको छ ।

नेपालमा ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ बिहीबार देखि १३ फेब्रुअरी २०२५ सम्म खुला रहनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले फ्री मेमोरी अपग्रेड ५१२ जी.बी. सम्म पाउनेछन् । साथै, ३१ हजार ९ सय ९९ को ग्यालेक्सी बड्स थ्री प्रो १४ हजार ९ सय ९९ रुपैयाँमा पाउनेछन् ।

यस्तै, ३ हजार ३ सय ९९ रुपैयाँ पर्ने सिलिकन कभर १५ सय रुपैयाँमै किन्न सकिनेछ । नेपालमा ग्यालेक्सी एस २५ अल्ट्रा ५१२ जी.बी.को मूल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ, ग्यालेक्सी एस २५ प्लस २५६ जी.बी.को मूल्य १ लाख ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT