Techie IT
२०८१ पुस २५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थकाठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन


बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।

गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब २ करोडले बढी हो । गत वर्ष यहाँका किसानले ३ करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।

यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारी दिए । कँडेलले यस वर्ष ९ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बकताउछन् । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ ।

उनले भने, “काठेखोला–६ मा सुन्तला उत्पादन राम्रो छ, वडा–४ र ७ को केही क्षेत्रमा पनि सुन्तलाखेती भइरहेको छ, किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेका छौँ, ढुसीजन्य रोग बाट बचाउन नीलोतुथो देखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ ।” उनले यस वर्ष पनि सुन्तलाखेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताए ।

गाउँपालिकाले गत वर्ष किसानलाई ५ हजार ५ सय सुन्तलाका विरुवा र ३ हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यस वर्ष १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै १ लाखको बिक्री गर्न बाँकी रहेको बताए । । आफ्नो बगैँचामा ३ सय बोट सुन्तला रहेको र यस वर्ष २ सय १० बोटले फल दिएको उनको भनाइ छ ।

“हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थाले पछि राम्रो फल्न थालेको छ”, कँडेलले भने, “मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्ष देखि फल दिन्छन्, सुन्तलाखेती बाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।”

किसान देवीलाल कँडेलले अघिल्लो वर्ष ३ लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले ३ लाख भन्दा बढीमा बिक्री भएको बताए । व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

५ महिनामा ७ करोड राजस्व सङ्कलन

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक

सुनको मूल्य तोलमा २ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

काठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय

सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलन

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन

तमु ल्होसार-ल्होछारले राष्ट्रिय एकता मजबुत बनाउछ : कांग्रेस नेता कोइराला

काठमाडौं । नेपालि कांग्रेसका नेता डा. शेखर कोइरालाले तमु ल्होसार ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्

आज ‘तमु ल्होसार ल्होछार’ मनाइँदै

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु

Techie IT