Techie IT
२०८१ फागुन २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थबैंकले घटाए मंसिरका लागि ब्याजदर

बैंकले घटाए मंसिरका लागि ब्याजदर


काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् ।

कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत छ दशमलब एक आठ प्रतिशत रहेकोमा आगामी महिना मंसिरमा शुन्य दशमलब दुई शुन्य प्रतिशत विन्दुले ब्याजदर घटाइएको हो ।

ब्याजदर घटाए पछि २० वाणिज्य बैंकका औसत ब्याजदर मंसिरमा ५ दशमलब नौ आठ प्रतिशत कायम हुने भएको छ । बाणिज्य बैंक मध्ये मंसिरका निम्ति ११ वटाले ब्याजदर घटाएका छन् । आठ वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकको तुलनामा शुन्य दशमलब दुई शुन्य प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । सबै भन्दा बढी माछापुच्छ्रे बैंकले ब्याजदर एक प्रतिशत विन्दुले घटाएर मंसिरमा ६ प्रतिशत ब्याज दिने जनाएको छ । मंसिरमा पनि ब्याजदर घटाउने नबिल, ग्लोबल आइ.एम.ई. लगायतका बैंहरूको पुसमा पनि कर्जाको ब्याजदर घट्ने देखिएको छ ।

हिमालयन, एन.आई.सी. एसिया, प्रभु, नेपाल बैंक, नेपाल एस.वि.आई. , एभरेष्ट, एन.एम.बि. लगायतका बैंकहरूले मंसिरमा पनि कात्तिकै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन । यस्तै माछापुच्छ्रे, स्टाण्डर्ड चार्टर्ड सिद्धार्थ, एन.मए.बि. लगायतका बैंकले भने लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

मंसिरका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । मंसिरमा केही बैंकले एक वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाए पनि अधिकांश बैंकहरूले कात्तिककै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

गत आर्थिक वर्षको कात्तिक महिनायता बैंकहरूले निरन्तररुपमा निक्षेप र कर्जाको ब्याजदर घटाइरहेका छन् । साधारण मुद्दती निक्षेपमा बैंकहरूले आवधिका आधारमा न्युनतम तीन दशमलब दुई पाँच प्रतिशत देखि अधिकतम छ दशमलब सात नौ प्रतिशत ब्याजदर तोकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT