Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी


सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ ।

उनको ठेला देख्नेबित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ । उनले भने, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्ट छन् । सातु बिक्री गरेर मासिकरूपमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ ।’

गर्मीयामका बेलामा एक लाख रुपैयाँ मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी कम हुने उनको भनाइ रहेको छ । चिसोका बेलामा दैनिक रूपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए ।

उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन् । उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए ।

दैनिक रूपमा सामग्री महँगो हुँदै गएका बेलामा प्रति गिलास सातुको ४० रुपैयाँ लिने गरेको उनको भनाइ छ । दैनिक रूपमा चार हजारदेखि पाँच हजार रुपैयाँसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रूपमा ५० हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पौदारले बताए ।

सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले बताए । आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनले बताए ।

एक लाखदेखि दुई लाख रुपैयाँ खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार रुपैयाँ आम्दानी गर्दै आएकोमा आफूले त्यही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रूपमा सयौं साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए । उनले भने, ‘स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

Techie IT