गृहपृष्ठ ∕
अर्थ ∕
सुनको भाउमा ताेलाकाे १ लाख ६५ हजार ९ सय रुपैयाँ पुग्याे सुनको भाउमा ताेलाकाे १ लाख ६५ हजार ९ सय रुपैयाँ पुग्याे
काठमाडाैँ । सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि एकैदिन ६ सय रुपैयाँले बढेर सुनको भाउमा कीर्तिमान बनेको थियाे ।
दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ । दशैँ बिदापछिको पहिलो दिन एक हजार चार सयले बढेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता बढिरहेको हो । सुनको भाउ सात दिनमा पाँच हजार चार सय रुपैयाँले बढेको छ ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको
पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका
वीरगञ्ज । पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयले पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई