काठमाडाैँ । नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स प्रा. लि. ले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आकर्षक प्याकेजिङ भएकाे गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटी रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ ।
यो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको सम्मिश्रण रहेको छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप पूजा अगरबत्तीले मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ । यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्ने ग्राहकको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारा, सयपत्रीलगायतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध छन् ।